राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन चैत २५ गतेदेखि काठमाडौंमा हुने
अ +
अ -
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको महाधिवेशन चैत २५ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
शुक्रबार (हिजो) बसेको संघको केन्द्रिय कार्य समितिको बैठकले चैत २७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
संघका सचिव हिमालय तिवारीका अनुसार महाधिवेशन सफल बनाउन विभिन्न उपसमिति, विधान समिति तथा मूल आयोजक कमिटिको गठन गरिएको छ । ति समिति तथा उपसमिति महाधिवेशन तयारीमा जुटिसकेको उहाँले बताउनुभयो ।
बैठकमा एमाले स्वास्थ्य विभाग प्रमुख एवं सचिव योगेश भट्टराई, जनसंगठन समन्वय विभाग प्रमुख एवं स्थायी समिति सदस्य भानुभक्त ढकाल, जनसंगठन समन्वय विभाग उप प्रमुख रचना ढकाल लगायतको सहभागिता थियो ।
हेल्थपाटी
तपाईँको अभिमत