१६ सय बढी कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

प्रतिकारात्मक तस्बिर
अ +
अ -
काठमाडौं । हाल नेपालमा १३ सय १२ जना कोरोना संक्रमित बिरामी आइसियुमा उपचाररत छन् । ३ सय ६५ जना भेन्टिलेटरमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८१ जनाको मृत्यु भएको छ साेही अवधिमा ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ९१५ रहेका छन् । जसमा काठमाडौंमा ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई पोजेटिभ देखिएको छ ।
सक्रिय संक्रमितको संख्या घट्दै गएको छ, अहिले ८० हजार ३३६ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर र ४५६८ जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा पीसीआरमा ३४४९ र एन्टीजेनमा ८९५ जनालाई पोजेटिभ देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत