६ जेठदेखि ललितपुरकाे निम्न पालिकामा भेराेसेल खोपकाे दाेस्राे मात्रा लगाइने
अ +
अ -
काठमाडौं । ललितपुर जिल्लामा भेरोसेल खोप दोस्रो डोज लगाउनका आउँदो जेठ ६ गते देखिकाे तालिका सार्वजनिक गरिएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले आज सूचना प्रकाशित गरी पहिलो चरणका खोप लगाएकाहरुलाई दोस्रो चरणको खोप लगाउनलाई स्थान र मिति तोकेको छ ।
ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा खोप लगाउन पाइने छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउनलाई पहिलो चोटी खोप लगाएको कार्ड अनिवार्य बोक्नुपर्नेछ ।
खोप लगाउन जानेले जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । ललितपुरमा आउँदो जेठ ६ गतेदेखि १३ गतेसम्म खोप लगाउन पाइने छ ।
हेल्थपाटी 
तपाईँको अभिमत