फिनल्यान्ड विश्वको सबैभन्दा खुसी हुने देशको शीर्षमा, नेपालको स्थान कति ?
फिनल्यान्ड विश्वको सबैभन्दा खुसी मुलुक ठहरिएको छ । विश्व खुसी प्रतिवेदन २०२४ का अनुसार १४३ देशमध्ये फिनल्यान्ड पहिलो स्थानमा रहेको हो ।
फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ।
नेपाल भने ९३ औँ स्थानमा रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुसी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा रहेको देखाएको छ।
फिनल्याण्डपछि डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्ट्रेलिया छन्।
उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर्स एडिटोरियल बोर्डले प्रकाशन गरेको हो।
मुख्यतः जीवन मूल्याङ्कनका प्रश्न उत्तरलाई आधार मानी प्रतिवेदन तयार पारिएको जनाइएको छ। उत्तरदाताहरुलाई आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधिएको थियो।
(रासस)
हेल्थपाटी
तपाईँको अभिमत