नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने विषयमा भोलिदेखि छलफल हुने, यी हुनेछन् एजेण्डा
नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने विषयमा भोलिदेखि नेपाल र बेलायतबीच छलफल सुरु हुने भएको छ । छलफलका लागि दुवै देशबाट वार्ता टोली बनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले वेलायतमा नेपाली नर्स लैजानै सम्बन्धमा भोलीवाट छलफल सुरु हुने जानकारी दिनुभयो ।
उहाँले यीनै छलफलहरुबाट नै नर्स लैजाने मोडालिटि तय गरिने बताउनुभयो ।
वेलायतले सबै खर्च आफैं व्यहोरेर नेपाली नर्स लैजाने भनेको छ तर, केके आधारमा कति नर्स लैजाने,खर्च कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट भइसकेको छैन त्यसैले अबका छलफल मार्फत निर्णय लिइने घिमिरेले जानकारी दिनुभयो । साथै आइएलटिएस स्कोर, न्यूनतम मासिक तलव, छनौट प्रक्रियमा हुने परीक्षाहरुबारे पनि दुई देशका वार्ता टोलीबीच छलफल हुनेछ ।
यद्यपी वेलायतले १० हजार नेपाली नर्सलाई रोजगारीको अवसर दिन लागेको चर्चा हुँदै आएको छ । नेपालमा ६७ हजार बढी नर्स नर्सिङ काउन्सिलमा दर्ता छ ।
हेल्थपाटी
तपाईँको अभिमत