खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा तीन जनाको मृत्यु
अ +
अ -
काठमाडौं । पर्सामा आज (मंगलबार)बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका(४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली १ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी ३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो ।
रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा काम गर्दै हुनुहुन्थ्यो । चट्याङ लागेर देवरवानामा ४० वर्षीय राजबंशी महरा गम्भीर घाइते भएकोले उपचारका लागि वीरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकरी दिनुभयो । चट्याङ लागेर जिराभवानीम तीन जना सामान्य घाइते छन् ।
हेल्थपाटी
तपाईँको अभिमत