हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौं । हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेको अनुसार दुईजना कोरोना संक्रमितको हिजो मृत्यु भएको थियो भने अर्का एकजना संक्रमितको आज बिहान मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ का ८६ वर्षका वृद्व, मकवानपुरको राक्सिराङ गाँउपालिका– १ को ८२ वर्षका वृद्व र मकवानपुरगढी गाउँपालिकाको ५० वर्षका पुरुष छन् । उनीहरुको अस्पतालको कोभिड वार्डको आइसियुमा राखेर उपचार भइरहेको थियो ।
यसअघि हिजो पनि हेटौडा अस्पतालमा ५ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत