१०९७ संक्रमित कोरोमुक्त, ११ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १०९७ संक्रमित कोरोनामुक्त भएका छन् भने ११ संक्रमितको मृत्यु भएको छ । आज देशभर ५८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ४ हजार ६२० जनाको पीसीआर परीक्षण भएकोमा ५८८ जनालाई पोजेटिभ देखिएको हो ।
यस्तै, आज काठमाडौं उपत्यकामा २३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १७९, भक्तपुरमा २६ र ललितपुरमा ३९ जनालाई कोरोना पुष्टि भएको छ ।
आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ ।
हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ७८८ पुगेको छ । अहिले देशभर ८ हजार ३२० संक्रिय संक्रमित रहेका छन् ।
तपाईँको अभिमत