दशैं, तिहारको सार्वजनिक बिदामा प्रसुती अस्पतालको सेवा खुला रहने

थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल दसैँ, तिहारको सार्वजनिक बिदामा पनि खुला रहने भएको छ ।
अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले दसैँ, तिहारको सार्वजनिक बिदाको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने जानकारी दिनुभयो । सेवा इमरजेन्सी कक्षमार्फत दिइने उहाँले बताउनुभयो ।
अरु बेलाको सार्वजनिक बिदाको दिनमा अस्पताल खोल्ने गर्छाै उहाँले भन्नुभयो,- ‘तर दशैं, तिहार, कृष्णाष्टमी, फागुमा आधा दिन अस्पताल खोलिदै आइएको छ ।’ ओपीडी नचलेपनि बिरामीको अवस्था हेरेर ईमरजेन्सी मार्फत स्वास्थ्य परीक्षण गरिने उहाँले बताउनुभयो ।
बिदाका दिनमा पनि आफूहरूले २४ घण्टा उपचार सेवा दिने उहाँले बताउनुभयो । उहाँका अनुसार त्यसका लागि १२ जना चिकित्सकहरूको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुनेगरि व्यवस्था मिलाइएको छ ।
दशैंमा ३ दिन ओपीडी बन्द रहेपनि इमरजेन्सीमार्फत सेवा दिइने उहाँले बताउनुभयो । अस्पतालको सेवा बन्द नहुने भएपछि अस्पताल पुगेका बिरामीहरु फर्कन नपर्ने भएको छ ।
तपाईँको अभिमत