किन काँप्छ हात, यस्ता छन् कारण (भिडियो)
अ +
अ -
कसै-कसैलाई युवा अवस्थामै हात काप्ने समस्या हुन्छ । चिकित्सकीय भाषामा यसलाई ट्रेमर भन्ने गरिन्छ । दिमागमा भएको न्यूरो ट्रान्समिटर चुवाहटलाई ट्रेमर भनिन्छ। यो समस्या हुँदा पनि हात काप्ने गर्दछ।
न्यूरोलोजिष्ट डा. निरज गौतमका अनुसार मुटुको समस्या, हर्माेनको दर बढ्दा पनि हात काप्ने गर्छ । कसैलाई डर र थाइरोइडको समस्या हुँदा पनि ट्रेमर देखिन सक्छ । उच्च रक्तचापका कारण शरीरमा रक्तसञ्चार बढी हुने गर्छ र हात काँप्न थाल्छ । शरीर कमजोर हुँदा पनि हात काँप्छ ।
केही काम गर्दा हात काम्न सक्छ, यसलाई फिजियोलोजी अवस्था भनिन्छ ।
केही काम नगरी हात काम्यो, केही काम गर्दा हात काम्न छोड्यो भने त्यसलाई पार्किसन्स हुनसक्छ । निरन्तर हात काप्ने समस्या भए चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ।

हेल्थपाटी
तपाईँको अभिमत