माइग्रेन जीवनकै लागि डरलाग्दो रोग होइन (भिडियो)
टाउको दुख्ने समस्या ‘माइग्रेन धेरै सुनिले शब्द हो। सबै टाउको दुखाइ माइग्रेन नुहने न्यूरोलोजिस्ट डा.निरज गौतम बताउनुहुन्छ। माइग्रेनले व्यक्तिको जीवनका धेरै प्रभाव पार्ने भएपनि यो ज्यानै लिने खालको रोग भने नभएको डा.गौतमको भनाइ छ।
माइग्रेन के हो ? के कारण हुन्छ ? कसरी उपचार गर्ने भन्नेबारे भरतपुर अस्पतालमा कार्यरत न्यूरोलोजिस्ट डा.निरज गौतमले हेल्थपाटीसँगको कुराकानीमा दिनुभएको जानकारी तल प्रस्तुत छ।
माइग्रेन भनेको के हो ?
माइग्रेन भनेको आम व्यक्तिले बुझेजस्तै एक प्रकारको टाउको दुख्ने रोग हो। टाउको दुख्ने मात्रै नभएर अरु समस्या पनि सँगसँगै हुन्छन्। न्यूरोलोजीको ओपिडीमा आउने बिरामीको संख्यामा माइग्रेनको समस्या हुने एक नम्बरमै पर्छन्।
यो लामो कोर्सको रोग हो। बीचबीचमा बल्झिने हुन्छन्। यो दीर्घकालिक रोग हो जुन विस्तारै-विस्तारै बढ्दै जान्छ।
टाउको दुखाइसँग-सँगै र यसको फरक खालको विशेषता हुन्छन्। टाउको दुख्ने भन्नेवित्तिकै बिरामीलाई २–४ वटा कुराको शंका हुन्छन। सबैभन्दा ठूलो मलाई ब्रेन ट्युमर भयो कि भन्ने डर हुन्छ।
टाउको दुखेर आएका मध्ये ९० प्रतिशत भन्दा बढीमा चाहिँ साधारण टाउको दुखाइ हुन्छ। जसमा माइग्रेन एक नम्बरमै पर्छ।
टाउको दुखेको बिरामीलाई दुई प्रकारमा विभाजन गर्छौैँ। एउटा प्राइमरी हेडेक र सेकेण्डरी हेडेक भन्छौँ। प्राइमरी हेडेक भनेको टाउको दुख्ने आफैँमा समस्या र टाउको दुख्ने आफैँमा रोग।
सेकेण्डरी हेडेक भनेको अरु रोगका कारणले टाउको दुख्ने समस्या हो। जस्तो हामी साधारण ज्वरो आउँदा टाउको दुखाइ महसुस गर्छौँ।चाहे ज्वरो के कारणले हो टाउको दुखेको हुन्छ।
यी सेकेण्डरी हेडेकमा चाहिँ ब्रेन ट्युमर, टाउकोमा रगत सञ्चालनको समस्या, मस्तिष्कमा रगत जम्नु, नसाहरुको समस्या हुन्छन्।
प्राइमरी हेडेकमा एक नम्बरमा माइग्रेन, अर्काे टेन्सन टाइप हेडेक भन्ने हुन्छ। अर्काे क्लस्टर हेडेक हुन्छ। यिनीहरुले दीर्घरोग केही गर्दैन अरु कारणले गर्दा टाउको दुखेको होइन। टाउको दुख्ने समस्या आफैँमा रोगको रुपमा रहेको हुन्छ।
माइग्रेन कुन उमेर समूहमा बढी ?
यो समस्या बच्चादेखि वयस्य, वृद्ध सबैलाई हुन्छ। हामीले प्राय डिल गर्ने वयस्क जनसंख्यामा हो। बच्चाहरुलाई माइग्रेन हुन्छ नभएको होइन। फरक–फरक प्रकारका माइग्रेन पनि हुन्छन्। यी मध्ये कुनै चाहिँ विशेष उमेर समूह र लिंगलाई मात्रै हुने पनि हुन्छ। जस्तो महिलालाई मात्रै हुने माइग्रेन जुन हर्माेनसँग सम्बन्धित हुन्छ।
आम व्यक्तिको कुरा गर्दा ३० देखि ४० वर्षको उमेरमा आउने हो। केही चाहिँ कम उमेरमै पनि आउन सक्छन्।
माइग्रेन धेरै उमेरकालाई पनि हुनसक्छ। तर ५० भन्दा माथिका व्यक्तिलाई देखियो भने सेकेण्डरी हेडेक होकि भनेर हामी शंका गर्छौँ।
माइग्रेन हुने कारण
हाम्रो अनुहारमा, टाउकोको पछाडिको भागमा, घाँटीमा एक प्रकारको नसा हुन्छ। जसलाई हामी ट्राइजिमनल नर्भ भन्छौँ। हामीलाई चिमोट्यो भने, चिसो भयो भने, दुख्यो भने थाहा पाउने नसा हो यो।
केही कारणले गर्दा शरीरमा केही समस्याले गर्दा यो नसा आफैँ सक्रिय भएर त्यसले गर्दा टाउकाको फरक–फरक भागमा दुखाइ भयो भने माइग्रेन हो। किन हुन्छ यो भनेर भन्दा धेरैजसोमा चाहिँ वंशाणुगत आधारमा भएको देखिन्छ।
हाम्रो जिनहरुले धेरै कुरा निर्धारण गर्छ। त्यसमा केही म्युटेसन भयो भने एउटा मान्छेलाई आवाजले, प्रकाशले त्यो नसामा दुखाइ सुरु हुन्छ। दैनिक गतिविधि, वतावरण, खानपानको प्रभावले पनि माइग्रेन देखिन्छ।
उपचार कसरी हुन्छ ?
माइग्रेन फ्री भन्ने कुनै खालको उपचार छैन। तर यसबाट हुने दुखाइ कम गर्ने उपचार गर्न सकिने हुन्छ।
माइग्रेनमा दुई प्रकारको उपचार हुन्छ। यो माइग्रेन जहिले पनि हुँदैन महिनामा सायद २ पटक या ३ पटक होला । जुन बेलामा उसलाई टाउको दुख्यो त्यो बेला टाउको दुख्न रोक्न गरिने उपचार हो। यसलाई एभोर्टिभ ट्रिटमेन्ट भन्छौँ।
यो टाउको दुख्ने प्रकिया लामो समयमा विस्तारै–विस्तारै बढ्दै गएर कहिले–कहिले महिनैभरी र महिनामा धेरै दिन दुख्ने हुन्छ। यस्तो बेला रोकथाम गर्ने उपचार हुन्छ।
यो चाहिँ भविष्यमा फेरि माइग्रेनले आक्रमण नगरोस् भनेर गरिने उपचार हो। यो प्रिभेन्टिभ ट्रिटमेन्ट हो।
एभोर्टिभ ट्रिटमेन्टमा औषधि यसमा साधारणतया औषधिहरुको प्रयोग गरिन्छ। यसमा पारासिटामोल देखि हामीले चलन चल्तीमा भन्ने गरेका पेनकिलर, साथै माइग्रेनकै लागि भनेर बनेका औषधिहरु पनि छन्। ती प्रयोग गर्छौँ।
प्रिभेन्टिभ ट्रिटमेन्ट थेरापीका मा दुखाइको समय घटाउने जस्तो १२ घण्टा दुख्छ भने ५ घण्टामा झार्ने, दुखाइको कडापन र खतरालाई अलिकति घटाउने हाे।
माइग्रेन भएको कसरी थाहा पाउने ?
माइग्रेन बिरामीको टाउको दुखाइको हिस्ट्री हेरेर कस्तो प्रकारको टाउको दुख्छ, कसरी–कसरी दुख्छ टाउको, दुखाइसँग अरु के–के गाँसिएका छन् भनेर हेर्नुपर्ने हुन्छ। नसा सम्बन्धि समस्याहरू जाँच गर्दा कुनै समस्या नरहेको देखियो भने हामी माइग्रेन भन्छौँ। टाउको दुख्ने एक भाग मात्रै र दुवै भाग पनि दुख्न सक्छ। समयअनुसार फेरि–फेरि कहिले दाहिनेतिर कहिले देब्रेतिर र कहिले दुवैतिर दुख्छ।
यस्तोमा प्रकाशमा हेर्न नसक्ने, चर्काे आवाज सुन्न नसक्ने, कसै–कसैलाई कुनै गन्धले पनि समस्या हुने हुन्छ । टाउको दुखाइसँग–सँगै कसै–कसैलाई वान्ता हुने पनि हुन्छ।
समयमै उपचार नभए कस्तो समस्या हुन्छ ?
माइग्रेन आफैँमा डरलाग्दो रोग होइन। यसले दीर्घजीवनलाई कुनै असर गर्दैन तर दैनिक क्रियाकलाप, कामकाजलाई यसले असर गरिरहेको हुन्छ। क्वान्टिटी अफ लाइफमा कुनै असर नगरे पनि क्वालिटी अफ लाइफमा फरक परिरहेको हुन्छ।
हाम्रो कार्यक्षमतामा असर आउँछ।
महिनामा २–३ पटक मात्रै कसैलाई टाउको दुख्ने समस्या छ भने र यसलाई बेलैमा रोकथाम गरिएन भने चाहिँ यो। धेरै समय दुख्ने महिनामा धेरै दिन दुखिरहने दीर्घकालिक समस्याका रुपमा रहन सक्छ। क
कहिले कहिले चाहिँ आँखामा समस्या आउने, हातखुट्टा नचल्न सक्ने, छारेरोग देखिन सक्छ। कसै–कसैमा माइग्रेनले गर्दा पक्षघात जस्तो स्ट्रोक जस्तो समस्या पनि देखिन्छ।
जटिलटा छन्। तर जीवनकै लागि डरलाग्दो भने होइन।
हुनै नदिनका लागि वंशाणुगत समस्या भएकालाई चाहिँ रोक्न सकिँदैन। अन्यमा टाउको दुख्ने कारणहरुबाट टाढा बस्न सकियो भने माइग्रेनको समस्या कम हुन्छ।

हेल्थपाटी
तपाईँको अभिमत