वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएको बताउनुभएको छ ।
वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने उहाँले बताउनुभयो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान न्याम्सका पदाधिकारीसँगको छलफलमा उहाँले बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
उहाँले बिरामीलाई सुविधा दिने विषयमा सेवाको प्रभावकारीतामा ध्यान दिन निर्देशन दिनुभयो । वजेट र व्यवस्थापनका विषयमा आफूले काम गर्ने उहाँले बताउनुभयो । वीर अस्पतालमा स्रोतसाधन उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको धारणा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको छ । ‘वीर अस्पताललाई राम्रो बनाउनुनै छ हामीले , त्यसैले बजेटको निम्ति जोडबल लगाउछु, ’ उहाँले भन्नुभयो ।
कुलपति बनाउने प्रक्रिया बैज्ञानिक र वस्तुवादी हुन नसकेको भन्दै उहाँले सम्बन्धित प्रतिष्ठान र यूनिभर्सिटीका विज्ञहरुलाई कुलपनि बनाउन आफुले राजनीतिक छलफल चलाएको प्रधानमन्त्री प्रचण्डले न्यासका पदाधिकारी छलफलका क्रममा बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत