‘खानपानका कारण दशैंपछि धेरैमा उच्चरक्तचाप बढेको पाइन्छ’

दशैं पर्व भनिसकेपछि परिवार जम्मा हुने घरमै बस्ने मासुभात, मासु चिउरा खाने,भन्ने बुझाइ छ ।
पछिल्ला दिनमा व्यक्तिहरुको बसाइ शहर केन्द्रीत हुँदा दशैंमा मदिरा पिउने, कोकाकोला, स्प्राइट जस्ता पेय पदार्थ धेरै पिउने चलन पनि धेरै छ ।
आफ्नो शरीरको अवस्था र स्वास्थ्य विचार गरेर दशैं मनाउन बरिष्ठ मुटुरोग विशेषज्ञ डा।अरुण मास्केको सुझाव छ । हेल्थपाटीसँगको कुराकानीमा उहाँले मुटुरोग, उच्चरक्तचाप, मधुमेह भएका बिरामीले दशैंमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्ता रोगीले रातो मासु एकदमै कम खाने, कुखुराको मासु खाँदा पनि छाला झिकेर बोसो नभएको मासु मात्रै खान र मासु धेरै फ्राइ नगरी खान उहाँको सुझाव छ ।
दशैंमा मुटुरोगीले के कुरामा ध्यान दिने रु बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण मास्के यसो भन्नुहुन्छ ।
अहिले संसारको आँकडा हेर्दा मुटुरोग मृत्युको पहिलो कारण भएको छ । दशैं, हाम्रो मुख्य पर्व हो । यतिबेला सँगै बस्ने खाने रमाइलो गर्ने हुन्छ।
नातेदारहरु भेट्ने मान्यजनहरु भेट्ने हुन्छ । चाडपर्वमा हामी खसी बोका, कुखुराहरु बली चढाउँछौँ । यसमा मासुको परिकार धेरै खान्छौँ । मासुमा पनि भुटन, फोक्सोहरु खान्छौँ ।
पेय पदार्थमा कोल ड्रिंक्सहरु धेरै पिउँछौँ । त्यो भनेको चिनीको झोल हो । चिनीयुक्त पदार्थ, नुनको मात्रा पनि धेरै खान्छौँ।
यो बीचमा सागपात, फलफूलहरु एकदमै कम खान्छौँ । अनि शारीरिक कसरत पनि कम गर्छौँ।
अस्वस्थ जीवनशैली र खानपान हुने भएकाले यस बेला एकदमै विचार गर्न आवश्यक छ ।
मुटुको रोग भएका, हृदयघात भएका बिरामी, उच्च रक्तचाप भएका बिरामीले दशैंमा खानपानमा नियन्त्रण गर्न सकेनन् भने स्वास्थ्य अवस्था थप बिग्रिने, रोग झन बल्झिने समस्या हुन्छ ।
सागपात धेरै खानु, फलफूलहरु धेरै खानू, सकिन्छ भने दिनमा आधा घण्टा हिड्नू, धुमपान,मध्यपान गर्ने बानी छ भने सबै छाड्नू, तनावलाई कम गर्नु भन्ने सुझाव हामी दिन्छौँ ।
यो सल्लाहको बाबजूद पनि दशैं आयो भन्दैमा धेरै खानु हुँदैन । स्वास्थ्यको अवस्था हेरेर खाना खानुहोस्, रातो मासु, बोसो भएका मासु एकदम कम खानुहोस्, कुखुराको मासु खाँदै हुनुहुन्छ भने, छाला बोसो निकालेर खानुुस् । फ्राइ गरेर नखानुस् ।
खुसी मनाउनोस्, नातेदारसँग भेटेर रमाइलो गनुुहोस् तर हाम्रो शरीरको अवस्था हेरेर, आफ्नो स्वास्थ्य हेरेर खाना खाने गर्नुहोस् ।
कुनै लक्षण देखिएमा चिकित्सकको परामर्श दिनुहोस् ।
खानपान र जीवनशैली पविर्तनका कारण दशैंपछि धेरैमा उच्चरक्तचाप बढेको पाइन्छ । कसैकसैको मुटु सुन्निने९हृदयघात० समस्या भएर पनि अस्पताल आउने गर्छन् ।
त्यसैले यदि दशैंका बेला खानपिन, जीवनशैलीमा परिवर्तन भएको छ, हाम्रो शरीरको तौल बढेको छ, सुगर प्रेसर छ भने दशैंपछि एकपटक परीक्षण गर्नपर्छ ।
तपाईँको अभिमत