काठमाडौं उपत्यकामा मात्रै थप १०५१ जनालाई कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजा। ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनालाई कोरोना पुष्टि भएको हो । देशभर संक्रमण बढिरहँदा केहीदिन देखि उपत्यका लगायत ठुला शहरहरुमा ह्वात्तै संक्रमण बढिरहेको छ ।
आज देशभर थप २ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१० हजार ५ सय ८२ जना आइसोलेसनमा छन्, ८६ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत