दुई बच्चाबीचको अन्तर कति ?
छिट्टो गर्भवती हुँदा पनि नोक्सानी

प्रतिकात्मक तस्विर ।
आधुनिक समाज आफुले जति स्याहार्न सकिन्छ त्यत्तीनै बच्चा जन्माउने योजना गर्न थालेका छन् । एक भन्दा बढी बच्चा जन्माउने हो भने गर्भको अन्तर कति राख्ने भन्न विषयमा उनीहरुमा सोँच आउन थालेको छ ।
यो पुरै अभिभावकमा निर्भर हुने गर्छ । यदी तपाई र तपाईको जीवन साथीको उमेर कम छ भने तपाई आफ्नो परिवारलाई छिट्टै बढाउन चाहनु हुन्छ । अध्ययन मुताविक दुई गर्भबीचको अन्तर १८ महिना राख्नु राम्रो हो । पहिलो बच्चा यदी शल्यक्रियाबाट भएको छ भने दोस्रो बच्चाको योजनाले आमाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।
बच्चा जन्माउने समयमा अप्ठेरो हुने बाहेक गर्भको समयमा अन्य समस्या पनि आउन सक्छ । चिकित्सकले पनि दुई बच्चाबीचको अन्तर आमाबुवाको उमेरका अलावा उनीहरुको आर्थिक सामाजिक स्थितिमा निर्भर राख्नु राम्रो मानेका छन् । स्वास्थ्य विज्ञका अनुसार पहिलो बच्चा ६ वर्षको भएपछि राम्रो हुने छ ।
तपाईँको अभिमत