कसैको मुड परिवर्तन भइरहन्छ वा बढी रिसाउन थालेको छ ?, आत्महत्याको सङ्केत हुनसक्छ

आत्महत्या गर्न चाहने व्यक्तिले विभिन्न किसिमका सङ्केत देखाउने गर्छ । तर त्यसलाई परिवारका सदस्यले कुनै वेला थाहा नपाउँदा नराम्रो घटना घट्ने गरेको छ । कुनै नजिकका व्यक्तिले त्यस्ता सङ्केतहरूको समयमै पहिचान गर्न सके आत्महत्याबाट जोगाउन सकिन्छ ।
यदि कोही आत्महत्याको जोखिममा छ भने, तपाईंले निम्न चेतावनीका सङ्केतहरू देख्न सक्नुहुन्छ:
- आफू अरूमाथि बोझ भएको कुरा गर्ने,
- एक्लै बस्न चाहने चिन्तित देखिने,
- आफूलाई असहनीय पीडा भएको बारे कुरा गर्ने,
- अचानक अत्याधिक मादक पदार्थको (मदिरा, लागू पदार्थ) सेवन गर्न थाल्ने,
- आत्महत्याका विभिन्न तरिका खोज्ने,
- बढी रिसाउने,
- मूड परिवर्तन (Mood swings) भइरहने,
- दुःखी भइरहने वा निराशा व्यक्त गर्ने,
- धेरै कम वा धेरै सुत्ने,
- आफूलाई मर्न मन लागेको बारे कुरा गर्ने,
- आत्महत्याको योजना बनाउने,
मानसिक रोग भएका व्यक्तिहरू, मदिरा सेवन गर्नेहरू, तनाव (घरायसी, आर्थिक कारणले, पारिवारीक सम्बन्ध राम्रो नभएर) घरेलु हिंसा, एक्लोपना आदि भएका व्यक्तिहरू छन् भने उनीहरू आत्महत्या गर्ने जोखिम भएका व्यक्तिहरू हुन् । उनीहरूको विशेष निगरानी गरेर माथि उल्लेखित सङ्केतहरू भएमा तुरुन्त बचाउने उपाय गर्नुपर्ने हुन्छ ।
तपाईँको अभिमत