उपत्यकामा ४९७ जनामा कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । काठमाडौं उपत्यकमा आज ४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा ३ सय ४६, भक्तपुरमा ५७ र ललितपुरमा ९४ गरी ४ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले सो जानकारी दिनुभएको हो ।
सोही अवधिमा ३ हजार ५५८ निको भएका छन् भने ५२ जनाको मृत्यु भएको छ । उहाँका अनुसार यसअभि विभिन्न समयमा कोरोनाका कारण मृत्यु भएके तर तथ्यांकमा नदेखिएको थप २९ जना रहेको पनि बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत