कोइलाबास सीमा नाकामा कोभिड–१९ हेल्थ डेस्क स्थापना
कोरोना संक्रमणको जोखिम बढ्न थालेपनि नेपाल–भारत सीमा नाका कोइलाबासका हेल्थ डेस्क स्थापना गरिएको छ । दाङको दाङको गढवा गाउँपालिका–८ कोइलाबास सीमा नाकामा मंगलबारगाउँपालिकाले कोभिड–१९ हेल्थ डेस्क राखेको हो।
भारतबाट नेपाल प्रवेश गर्नेको स्वास्थ्य परीक्षणका लागि हेल्थडेस्क राखिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।
चौधरीका अनुसार जिल्ला स्वास्थ्य कार्यालय दाङको समन्वयमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो । हेल्थ डेस्कमा कोइलाबास स्वास्थ्य चौकीबाट हाललाई एकजना स्वास्थ्यकर्मी खटाइएको छ ।
आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने स्वास्थ्य शाखा प्रमुख चौधरीले बताउनुभयो ।
कोभिड–१९ हेल्थ डेस्क सुरुवात कार्यक्रममा गाउँपालिका अध्यक्ष यमनारायण शर्माको पनि उपस्थिति थियो । अध्यक्ष शर्माले नयाँ भेरियन्टबाट बच्न सावधानी अपनाउदै सजक रहन आग्रह गर्नुभयो । सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबैलाई अनिवार्य मास्क लगाउन र ज्वरो नाप्न पनि आग्रह गर्नुभयो।
स्वास्थ्यको विषय एकदमै संवेदनशील भएकोले लापरबाही नगर्न र भारतीय सुरक्षाकर्मीसँग पनि सहकार्य गरेर सीमा क्षेत्रमा कडाइ गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका प्रमुखहरु लाई अनुरोध गर्नुभयो ।
स्वास्थ्य कार्यालय दाङका कोभिड फोकल पर्सन कमल चन्दले लुम्बिनी प्रदेशमा नेपालजन्गस्थित भेरी अस्पताल र लुम्बिनी अस्पताल बुटवललाई मात्र कोभिड उपचारको लागि तोकेको जानकारी दिनु भयो।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई पनि कोरोना संक्रमितको उपचार गर्नका लागि सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएको चन्दले बताउनुभयो ।
स्वास्थ्य कार्यालय दाङका बामदेव शर्माले चीनमा नयाँ भेरियन्टले खतराको संकेत गरेकोले हामी पनि समरमा सतर्क रहनु पर्ने सुझाव दिनुभयो ।
कोइलाबास एकदमै भीडभाड हुने सीमानाका भएकाले बिगतको झै यो पटक पनि कडाइका साथ सावधानी अपनाउनु पर्ने शर्माले बताउनुभयो।
कार्यक्रममा शसस्त्र प्रहरी बलका देवीलाल गोतामी, जनपदका प्रमुख कुमार केसी, स्वास्थ्य लेखा अधिकृत केशव पाण्डे, स्वास्थ्य चौकी कोइलाबासकी प्रमुख तुला चौधरी लगायतको उपस्थिति थियो।
तपाईँको अभिमत