नेपाल फार्मेसी काउन्सिलद्वारा आचार संहिता र ड्रेस कोडको अनुगमन
नेपाल फार्मेसी काउन्सिलले फार्मेसी अभ्यास, आचार संहिता र ड्रेस कोड लगायतका विषय पालना भए नभएको विषयमा अनुगमन गरेको छ । काउन्सिलका रजिष्ट्रार सञ्जिब पाण्डेयका अनुसार काउन्सिलले पहिलो चरणमा अस्पताल फार्मेसीबाट निरीक्षण थालेको हो। सिभिल र काठमाडौं मोडल अस्पतालमा निरिक्षण भएको उहाँले जानकारी दिनुभयो ।
काउन्सिलले पुस ४ गतेदेखि अनिवार्य रुपमा फार्मेसीमा कार्यरत जनशक्तिले ड्रेस कोड लगाई सेवा दिनुपर्ने निर्णय गरेको थियो। परिषद्का अनुसार ड्रेस कोडमा अब फार्मेसीको औषधि डिस्पेन्सिङमा बस्ने फर्मासिस्टले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो खल्ती माथि हरियो पृष्ठभूमिमा सेतो रंङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्लेख भएको नेम ट्याग राख्नु पर्नेछ ।
यस्तै फार्मेसी सहायकले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो भागमा रहेको खल्ती माथि निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम पद र परिषद् दर्ता नम्बर उल्लेख गर्नुपर्नेछ।
हेल्थपाटी
तपाईँको अभिमत