कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा स्वास्थ्यकर्मीद्वारा सामूहिक राजीनामाको घोषणा
शान्ति सुरक्षाको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन्।
शान्ति सुरक्षाको प्रत्याभुति नभएको भन्दै प्रतिष्ठानमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन्। सामूहिक राजीनामाको घोषणा गरेर उनीहरुले उपकुलपतिलाई पत्र लेखेका छन् । उनीहरुले आजकै मितिबाट सामुहिक राजीनामा पेश गरेका हुन् ।
गत भदौ २ गते डा. करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। उक्त घटनालाई अतिरञ्जित बनाई हास्यास्पद तरिकाले पीडित डा. साहमाथि नै झुटा मुद्धा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि आन्दोलित बन्नु परेको उनीहरुको भनाई छ।
अबाेध नाबालकहरुलाई प्रयाेग गरि मुठभेडकाे अवस्था सृजना गर्ने प्रयास भएकाे उनीहरुले उपकुलपतिलाई लेखेकाे पत्रमा जानकारी दिएका छन् ।
शान्तिपुर्ण तरिकाले आन्दोलन गर्दा आफ्ना माग सम्बोधन नभएपछि सामूहिक राजिनामा दिनुपरेको डाक्टरहरुले बताएका छन्। उनीहरुले डा. साहमाथि जारी पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गर्दै आएका छन्।
हेल्थपाटी
तपाईँको अभिमत