ओमीक्रोन भेरियन्ट ५७ देशमा, अस्पताल भर्ना हुनेको संख्या बढ्न सक्छ : विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन ५७ वटा देशमा फैलिएको जानकारी दिएको छ । ओमीक्रोन फैलिएसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढ्न सक्ने डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओको महामारी रोगबारे साप्ताहिक रिपोर्ट अनुसार ओमीक्रोन भेरियन्टबाट डेल्टा भेरियन्ट जत्तिकै सा सोभन्दा कम गम्भीर हुने देखिएपनि संक्रमित बढ्दै जादा अस्पतालमा भर्ना हुने दर पनि बढ्नेछ । यद्यपी ओमीक्रोनको असरबारे व्याख्या गर्न थप अध्ययन र तथ्यांकको आवश्यक पर्ने डब्ल्यूएचओको भनाइ छ ।
नोभेम्वर २६ मा दक्षिण अफ्रिकामा पहिलो पटक ओमीक्रोन भेटिएको पुष्टि डब्ल्यूएचओले गरेको थियो । यो भेरियन्ट सार्स - कोभ-२ को पाचौं स्ट्रेन हो । दक्षिण अफ्रिकामा संक्रमित दोब्बरले बढेको छ । परीक्षणको दायरा कम हुँदा र खोप नलगाएका कारण ओमीक्रोन फैलिएको हुनसक्ने विज्ञहरुको अनुमान छ ।
हेल्थपाटी
तपाईँको अभिमत