आँखाका बिरामीलाई लाग्न सक्छ बिर्सने रोग
आँखामा समस्या देखियो भने डिमेन्सिया अर्थात् बिर्सने रोगको जोखिम धेरै हुने पाइएको छ । आँखाका बिरामी जसलाई आँखा कम देख्ने समस्या बढिरहेको छ उसको स्मरण शक्तिको क्षमतामा ह्रास आउने देखिएको छ । जसको आँखाको देख्ने शक्ति गुमिरहेको छ उनीहरुको स्मृति र सोच्ने/सम्झने क्षमतामा पनि गिरावट आउने गरेको अध्ययनले देखाएको छ ।
यो अनुसन्धान चीनको ग्वानझोउ एकेडेमी अफ मेडिकल साइन्सका शोधकर्ताहरुले गरेका थिए । उनीहरुका अनुसार आँखाका बिमारीको सम्बन्ध बुढापाकाको सम्झने शक्तिमा पर्नेगर्छ । तर यो कसरी हुने गरेको छ भन्ने थाहा पाउन सकिएको छैन । १२ हजार ३६४ जना बुढापाकामा गरिएको अध्ययनले यस्तो देखाएको सोधकर्ताहरुले जानकारी दिएका छन् ।
आँखा र दिमागको सम्बन्ध थाहाँ पाउनका लागि यो अध्ययन गरिएको थियो । अध्ययनमा ५५ देखि ७३ वर्षसम्मका १२, ३६४ मानिसलाई संलग्न गरिएको थियो । अनुसन्धानबाट पत्ता लाग्यो कि बढ्दो उमेरमा हुने आँखाको समस्याले सम्झने शक्तिलाई पनि घटाउँछ । जस्तै म्याकुलर डिजेनेरेसनका बिरामीमा २६ प्रतिशत सम्म डिमेन्सियाको सम्भावना हुन्छ । यसैगरी मोतियाविन्दुका बिरामीमा ११ र मधुमेहले ६१ प्रतिशत सम्म डिमेन्सियाको जोखिम हुने अध्ययनले देखाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत