थप २ हजार ४४० मा कोरोना संक्रमण, १९ संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।
यससँगै नेपालमा संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ।
यसैगरी गत २४ घण्टामा १९ जना संक्रमितको ज्यान गएको छ। जसमध्ये ५ महिला र १४ पुरुष रहेका छन्। यससँगै नेपालको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ।
हेल्थपाटी
तपाईँको अभिमत