२४ घण्टामा १० संक्रमितको मृत्यु, संख्या ४९१

फाइल तस्बिर
अ +
अ -
काठमाडौं । विगत २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ७ पुरुष संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोरङका ६८ वर्षका पुरुष, सर्लाहीकी ७२ वर्षकी महिला, महोत्तरीका ५८ वर्षका पुरुष, काठमाडौंकी ५७ वर्षकी महिला तथा ६० र ७० वर्षका पुरुष, चितवनका ५५ वर्षका पुरुष, बाँकेकी ७६ वर्षकी महिला तथा ५३ र ३९ वर्षका पुरुष रहनुभएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत