कोरोनाबाट तीन डाक्टरको निधनप्रति मन्त्रालयद्वारा दुःख व्यक्त
अ +
अ -
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट तीन डाक्टरको निधनप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने तीन डाक्टरको निधन भएको जनाएको छ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत