स्वास्थ्य मन्त्रालयमा शनिबार भएको सम्झौतामा नर्स तथा स्वास्थ्यकर्मी संघर्ष समितिको असहमति, आन्दोलन जारी राख्ने
शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आन्दोलनरत नर्सहरूको माग सम्बोधन गर्न भएको सम्झौतामा नर्स तथा स्वास्थ्यकर्मी संघर्ष समितिले असहमति जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै समतिका प्रतिनिधि ज्योति रानाभाटले असहमति जनाउँदै सहमतिमा हस्ताक्षर नगरेको जनाएको हो ।
योसँगै आफूहरूको आन्दोलन निरन्तर हुने समतिले जनाएको छ ।
समतिले आफूहरूको माग समान कामको समान मूल्य तथा सम्मान चाहेको बताएको छ । शनिबार भएको सम्झौतामा सरकारी सरह न्यूनतम नभई समग्र तलब दिने भनिएको भन्दै त्यसमा आपत्ति रहेको समितिले जनाएको छ ।
‘हामीलाई झुक्याएर न्यूनतम (आधार तलब) सरकारी सरह नभई ग्रस तलब दिने भनेर भनिएको छ’, मन्त्रालयमा भएको बैठक छाडेर निस्कनुभएकी संघर्षरत नर्स प्रतिनिधि रानाभाटले भन्नुभयो, ‘सरकारले तोकबमोजिम न्यूनतम तलब भनेका हौँ । यहाँ झेल गरेर एकमुष्ठ सबै तलब ३४,७३० बनाउने भनियो । यो हामी मान्दैनौँ ।’
रानाभाटका अनुसार आफूहरू निरन्तर आन्दोलनमा रहेको र यसबाट उत्पन्न परिस्थितिको जवाफ सम्झौता गर्ने पक्ष नेपाल नर्सिङ संघ र सरकारले दिनुपर्ने छ ।
हेल्थपाटी
तपाईँको अभिमत