अमेरिकामा फाइजरको काेराेना खोप प्रयोगको अनुमति
अ +
अ -
काठमाडौं । बेलायतपछि अमेरिकामा फाइजरको काेराेना खोप प्रयोगको अनुमति प्राप्त भएको छ । बायोनटेक र जर्मन फर्माद्वारा विकसित फाइजरखोपलाई सरकारको सल्लाहाकार समितिले आपत्कालिन प्रयोगको लागि अनुमति दिएको हो ।
फाइजरको खोप बेलायतमा प्रयोग सुरु भइसकेको छ । अमेरिका कोरोना महामारीबाट अतिप्रभावित देश हो । जोन हप्किन्स यूनिभर्सिटिका अनुसार अमेरिकामा १ करोड ५५ लाख मानिस संक्रमित भइसकेका छन् भने २ लाख ९२ हजार संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार संक्रमितको मृत्यु भएको छ । अमेरिकाले फाइजरको साथै मोर्डनाको १ करोड डोज खोप खरिद गर्ने घोषणा पनि गरिसकेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत