बेलायतमा सङ्क्रमण नघटेपछि लकडाउन थपियो
अ +
अ -
काठमाडौं । कोरोना सङ्क्रमण बढेपछि बेलायतमा आउँदो जुलाई १९ तारिखसम्म लकडाउन लम्ब्याइएको छ । कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएपछि लकडाउन फेरि थप गरिएको बीबीसीले जनाएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डेल्टा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमी नआएको र दैनिक रुपमा अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढ्दै गएकाले लकडाउन लम्बाइएको बताउनु भएको छ ।
उहाँले जुलाई १९ पछि अवस्था सामान्यतर्फ फर्किने आशा व्यक्त गर्नु भएको छ । यस्तै, उहाँले ४० वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको दोश्रो डोजको खोप उपलब्ध गराइने पनि बताउनु भएको छ ।
बेलायतमा अहिलेसम्म ४५ लाख ७३ हजारभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ भने एक लाख २७ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत