किट अभावले टेकु अस्पतालमा रोकियो पीसीआर परीक्षण
अ +
अ -
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले किटको अभावमा कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ ।
पीसीआरको लागि किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभएको छ ।
अस्पतालले सूचना प्रकाशित गरी विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको जनाएको हो । किट आइसकेपछि कोरोना परीक्षण सुरु गर्ने अस्पतालले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत