इराकको सपिङ मलमा भीषण आगलागी : ५० जनाको मृत्यु, कैयौँ घाइते
इराकको अल–कुत शहरको एक सपिङ मलमा भएको भीषण आगलागीमा परी ५० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। इराकी राज्य समाचार एजेन्सी (आइएनए) ले बिहीबार यस्तो जानकारी दिएको हो ।
सो आगलागी अल–कुत शहरको एक पाँचतले सुपरमार्केटमा भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोहरूमा भीषण आगोले पूरै भवन ढाकेको देखिन्छ, जहाँ वारुण नियन्त्रकले आगो निभाउने प्रयास गरिरहेका छन्।
यद्यपि, रोयटर्सले ती भिडियोहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।
आगो लाग्नुको कारण अहिले नै स्पष्ट नभएको जनाइएको छ। प्रान्तका गभर्नरले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन ४८ घण्टाभित्र सार्वजनिक गरिने बताएका छन्।
आइएनएले उद्धृत गरेअनुसार, ‘हामीले भवन र मलका मालिकहरूविरुद्ध मुद्दा दायर गरेका छौँ’, गभर्नरले भन्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत