देशभरमा हाल ८७२ जना कोरोना संक्रमित आइसीयू र २४६ भेन्टिलेटरमा
काठमाडौं । कोरोना संक्रमण दरमा कमी आएसँगै आइसियु र भेन्टिलेटरमा पनि बिरामीको चाप घटेको छ । अस्पतालहरुमा बिरामीको चाप घटेपछि उपचारमा सहजभएको स्वास्थ्यकर्मीले बताएका छन् । उपचारका लागि आइसियु र भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीले पनि सहजै बेड पाउन सक्ने स्थिति भएको छ ।
देशभर अहिले १ हजार १ सय १८ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । ८७२ आइसीयू र २४६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी बागमती प्रदेशमा ४९० जना आइसीयू र १५४ भेन्टिलेटरमा छन् । कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ३३८ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन् ।
प्रदेश १ मा १५० आइसीयू र ४७ भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश २ मा ३६ आइसीयू र १ जना भेन्टिलेटरमा छन् ।
गण्डकी प्रदेशमा ७५ जना आइसीयू र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७८ जना आइसीयू र १८ जना भेन्टिलेटरमा, कर्णालीमा १७ जना आइसीयू र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २६ जना आइसीयू र ६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौ उपत्यकाको शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १४ आइसीयू र ६ भेन्टिलेटरमा, वीरेन्द्र अस्पताल छाउनीमा १६ जना आइसीयू र ६ भेन्टिलेटरमा, वीर अस्पतालमा १४ आइसीयू र ४ जना भेन्टिलेटरमा रहेका छन् । त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरमा ४ आइसीयूमा, नेपाल प्रहरी अस्पतालमा २२ आइसीयू र १२ भेन्टिलेटरमा छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ जना आइसीयू र १८ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५० आइसीयू र २२ भेन्टिलेटरमा, पाटन अस्पतालमा १८ आइसीयू र १० भेन्टिलेटरमा छन् ।
निजामती कर्मचारी अस्पतालमा १३ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र १ भेन्टिलेटरमा छन् । मनमोहन अस्पतालमा ३ आइसीयूमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १३ आइसीयू र १ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ३ आइसीयूमा, किस्ट अस्पतालमा ९ आइसीयू र ३ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ४४ आइसीयू र ६ भेन्टिलेटरमा छन् ।
देशभरमा हाल संक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । अहिले ५९ हजार ६ सय २४ जना संक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत