‘इभनिङ वाक’ ले मधुमेहको जोखिम कम

साङ्केतिक तस्बिर ।
शरीरलाई स्फुर्त र स्वस्थ राख्न ‘मर्निङ वाक’ वा ‘इभनिङ वाक’ गर्ने संस्कार नै बनिसकेको छ । खाना खाएपछि बेलुकी १०–३० मिनेटसम्म हिँड्नु शरीरका लागि फाइदाजनक हुने विज्ञहरूको भनाइ छ ।
बेलुकीको हिँडाइले पाचन सुधार हुने, रक्तचाप नियन्त्रणमा रहने, तनाव कम गर्ने तथा निद्रा सुधार गर्ने जस्ता फाइ हुने बताइएको छ । यद्यपि बेलुकीको हिँडाइलाई अत्यधिक हिँड्दा तथा सुरक्षालगायतको दृष्टिकोणले त्यति राम्रो पनि मानिदैन ।
पाचन सुधार गर्छ
बेलुकीको खाना पछि हिँड्दा पाचन प्रणाली सक्रिय हुन्छ, जसले ग्यास, अपचजस्ता समस्या कम गर्न मद्दत गर्छ।
मधुमेहको जोखिम कम हुन्छ
खाना पछि हिँड्दा रगतमा चिनीको स्तर स्थिर रहन्छ, जसले मधुमेहको जोखिम कम गर्न सहयोग पुर्याउँछ।
निन्द्रा सुधार गर्छ
हिँडाइले तनाव कम गर्छ र शरीरलाई आरामदायी बनाउँछ, जसले राम्रो निन्द्रामा सहयोग पुर्याउँछ।
मुटुको स्वास्थ्य सुधार गर्छ
नियमित हिँडाइले रक्तचाप घटाउँछ र मुटुको कार्यक्षमता बढाउँछ।
मानसिक स्वास्थ्य सुधार गर्छ
हिँड्दा शरीरमा एन्डोर्फिन नामक हार्मोन सक्रिय हुन्छ, जसले मनलाई शान्त बनाउँछ र तनाव कम गर्छ। यसले गर्दा मानसिक स्वास्थ्य पनि सुधार गर्छ ।
तपाईँको अभिमत