डेंगी महामारी बन्दै : देशभर ७२५३ संक्रमित हुँदा ७ जनाको मृत्यु, कुन जिल्लामा कति संक्रमित ?
डेंगी संक्रमण भएर मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । यस्तै देशभर ७२५३ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मनत्त्रालय इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
पछिल्लो समय डेंगीका बिरामी बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढेको हो । बिहीबार महाशाखाले अद्यावधिक गरेको विवरण अनुसार दस जिल्लामा ८८ प्रतिशत डेंगीका बिरामी रहेका छन् ।
सुनसरी जिल्लामा ४६७९ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको धादिङमा ८२९ जना संक्रमित भइसकेका छन् । हाल कास्कीमा २१४, दार्चुलामा १९१, काठमाडौंमा ११९ र झापामा ८१ जना संक्रमित रहेका छन् । त्यस्तै संखुवासभामा ७५, धनकुटामा ७४, मोरङमा ७२ तथा कन्चनपुरमा ६४ जना डेंगी संक्रमण भइसकेका छन् ।
पछिल्लो समय मनाङमा पनि डेंगीको बिरामी फेला परेको बताइएको छ । मनाङमा एक जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत