पाठेघरको मुखको क्यान्सरबाट बच्ने २ वटा उपाय : खोप र समयमै स्क्रिनिङ
नेपालका महिला पाठेघरको मुखको क्यान्सरको उच्च जोखिममा रहेको विज्ञहरुले बताउनुभएको छ ।
जोखिम हुँदाहुँदै पनि पाठेघरको मुखको क्यान्सरको स्क्रििनिङ एकदमै कम भइरहेको वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकी कविता अर्यालले बताउनुभयो ।
परीक्षण गर्नुपर्छ भन्ने थाहा नभएर महिलाहरु समयमै जाँच गर्न नआउने गरेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकी कविता अर्यालले बताउनुभयो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले शुक्रबार पाठेघरको मुखको क्यान्सर वर्तमान अवस्था, नीति तथा चुनौती विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
यसै कार्यक्रममा अर्यालले विभिन्न कारणले गर्दा निशुल्क स्क्रिनिङको व्यवस्था हुँदा हुँदै पनि सोचे जति प्रगति नभएको बताउनुभयो ।
उहाँका अनुसार नेपालले सन २०३० सम्म पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । तर अहिलेसम्म ११ प्रतिशत मात्रै भएको छ । उक्त लक्ष्य हासिल गर्न मुस्किल रहेकोले नयाँ तरिकाले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
यो रोकथामका लागि सरकारले नीतिगत तथा कार्यक्रममा प्राथमिकता दिएपनि बजेटको व्यवस्था नगरेको अर्यालको गुनासो छ ।
नीतिमा कुनै बाधा नरहेको उच्च राजनीतिक प्रतिवद्धता समेत भएको तर त्यो कार्यक्रमका लागि बजेट चाहिँ नछुट्ट्याइएको उहाँ बताउनुहुन्छ ।
विभिन्न चुनौतीहरु रहेपछि अघिल्ला वर्षको तुलनामा स्क्रिनिङको संख्या बढिरहेको अर्यालले जानकारी दिनुभयो ।
स्त्री तथा क्यान्सररोग विशेषज्ञ डा.सरिता घिमिरेले पाठेघरको क्यान्सरमा पनि फरक–फरक क्यान्सर हुने जानकारी दिनुभयो । उहाँका अनुसार पाठेघरको क्यान्सर, डिम्बाशयको क्यान्सर, पाठेघरको मुखको क्यान्सर हुनेगर्छ ।
यसमा सबैभन्दा कम खतरनाक भनेकै पाठेघरको मुखको क्यान्सर रहेको डा.घिमिरेले जानकारी दिनुभयो ।
नेपालमा धेरैजसो महिला समस्या अटिल भएपछि मात्रै अस्पताल आउने गरेको उहाँले सुनाउनुभयो ।
क्यान्सर सबैलाई हुने भएकाले आफू र आफ्नो नातेदारलाई पनि जुनसुकै बेला हुनसक्छ भनेर सचेत रहनुपर्ने डा.घिमिरेले बताउनुभयो ।
क्यान्सर लाग्ने कारण ठ्याक्कै थाहा नहुने र लक्षण छिट्टै नदेखिने भएकाले समयमै रोग पत्ता लगाउन समस्या हुने गरेको उहाँले जानकारी दिनुभयो । बेला–बेलामा स्क्रिनिङ गर्नु नै सबैभन्दा उत्तम उपाय भएको डा.घिमिरेले बताउनुभयो ।
डा.घिमिरेका अनुसार विशेष गरी यो क्यान्सर ४० वर्ष उमेर समूहका महिलालाई देखिन्छ। विशेषगरी पुरुषमा हुने भाइरस महिलामा सरेर क्यान्सर गराउँछ।
पाठेघरको मुखको क्यान्सरबाट बच्ने २ वटा उपाय भनेको खोप र समयमै स्क्रिनिङ गर्नुरहेको पनि उहाँले जानकारी दिनुभयो।
स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार उद्धवराज भेटवालले मिडियाले पाठेघरको मुखको क्यान्सरबारे सचेतना जगाउन कसरी सक्छन् भन्नेबारे प्रस्तुती राख्नुभयो ।
राष्ट्रिय स्वास्थय शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा.सुनलिराज शर्माले पाठेघर क्यान्सरको रोकथाम,उपचारबारे जनचेतना फैलाउन आफूहरु लागि परिरहेको बताउनुभयो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्यका विषयमा जनचेतना फैलाउने सवालमा स्वास्थ्य पत्रकारहरुको भूमिका धेरै रहेको बताउनुभयो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा भएको पत्रकार छलफल कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र, आड्रा, यूएनपीए, नर्वजियन एम्वेसीको प्राविधिक सहयोग गरेको थियो ।
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दिनमा ४ जना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ ।
हेल्थपाटी
तपाईँको अभिमत