ओमीक्रोन लहरमा अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढी !
कोरोना भाइरसको अघिल्ला लहरहरूमा भन्दा ओमीक्रोन लहरमा अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढी रहेको तथ्यांकले देखाएको छ । बेलायतमा डिसेम्बर दोस्रो सातादेखि जनवरी पहिलो सातासम्म गरिएको सर्वेक्षणअनुसार ३७.८ प्रतिशत बालबालिका अस्पताल भर्ना भएका हुन् ।
यसअघि डिसेम्बर महिनामा १ वर्षभन्दा मुनिका ३०.४ प्रतिशत बालबालिका अस्पताल भर्ना भएका थिए । त्यस्तै मे महिनामा गरिएको अध्ययनअनुसार करिब २५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।
तथ्यांकले अस्पताल भर्ना हुनेको संख्या बढी देखाए पनि अझै अध्ययनको आवश्यकता रहेको विज्ञहरूले सुझाएका छन् । त्यस्तै अस्पताल भर्ना हुनेको संख्या बढी भए पनि गम्भीर अवस्था सिर्जना कम हुने उनीहरूले बताएका छन् । उनीहरूका अनुसार १ वर्षभन्दा कम उमेरका बच्चा छोटो समयका लागि अस्पताल भर्ना हुने गरेका छन् ।
यद्यपि सरकारी अधिकारीहरूले भने ओमीक्रोनले बच्चा तथा साना बालबालिकामा ओमीक्रोनले गम्भीर अवस्था सिर्जना गर्दैन भन्न नसकिने बताएका छन् । उनीहरूले यसलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत