अफगानिस्तानमा दादुरा प्रकोप तीब्र, ८७ बालबालिकाको मृत्यु
अ +
अ -
दक्षिण एसियाली देश अफगानिस्तानमा पछिल्लो समय दादुराको प्रकोप फैलिएको छ । विश्व स्वास्थ्य संगठन (ब्ल्युएचओ) अफगानिस्तानमा दादुराको प्रकोप फैलिएको जानकारी दिएको हो । डब्ल्युएचओका प्रवक्ता माग्रेट ह्यारिसले दादुरा प्रकोपबाट अफगानिस्तानमा यसवर्ष ८७ बालबालिकाको मृत्यु भएको जानकारी दिनुभएको छ ।
सोमबार जुममार्फत पत्रकारहरुसँगको छलफलमा उहाँले दादुरा प्रकोप अफगानी बालबालिकाका लागि निकै खतरा बनिरहेको बताउनु भएको हो ।
बालबालिकालाई खोप अभावका कारण यो प्रकोप तीब्र बनेको ह्यारिसको भनाइ छ । तुरुन्तै कुनै कदम नचाले दादुराबाट धेरै बालबालिकाको मृत्यु हुने चेतावनी डब्ल्युएचओले दिएको छ ।
कुपोषित बालबालिकाका लागि दादुरा मृत्युदण्ड सरह भएको डब्ल्युएचओकी प्रवक्ता ह्यारिसले बताउनु भयो ।
हेल्थपाटी
तपाईँको अभिमत