पूर्वप्रधानमन्त्री देउवाको घरनजिकै भेटियो शंकास्पद झोला
अ +
अ -
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासअगाडि शंकास्पद वस्तु फेला परेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निकासअगाडि एक शंकास्पद झोला भेटिएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीका अनुसार एक पुरानो कालो झोला र त्यसभित्र तारलगायतमा सामान राखिएको देखिएको छ।
नेपाली सेनाको टोलीलाई बोलाएर शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत