'चर्को शुल्क अशुल्ने क्लिनिकमा मानवता नै देखिएन'
अत्याचार भएपछि बोल्नुपर्छ भन्ने अनि नडराउने मान्छु हुँ

छोरा आभ्यान २ वर्षको भयो। नजिकैको एक स्कूलमा पठाउने गरेका छौँ। आभ्यान १० देखि १२ बजेसम्म स्कूलमा हुन्छ। स्कूल भन्दा पनि त्यो खेल्ने ठाउँ हो। भदौ २७ गते त्यहाँ खेल्ने क्रममा छोरा चिप्लिएर लडेछ। स्कूलबाट फोन आउनेवित्तिकै १५ मिनेटमा म पुगेँ। निधारको थोरै छाला गएको रहेछ। अलिअलि रगत आइरहेको थियो। तालुमा टुटुल्को उठेको रहेछ। रोइरहेको थियो।
त्यसपछि मैले केही सोचिन। अस्तपालको इमर्जेन्सी पनि सोचिन। नजिक के छ भन्ने मात्रै सोचेँ। त्यहाँबाट २० पाइला जतिमै पुगिन्छ क्लिनिक। एक मिनेट पनि नभई कोपिला क्लिनिक पुग्यौँ। प्रिन्सिपल म्याम पनि हुनुहुन्थ्यो सँगै। छिर्नेवित्तिकै डाक्टर बोलाइदिनुहोस् बच्चाले टाउको ठोक्काएको छ। अलि अर्जेन्ट छ भनेँ।
नचाहिने कुरामा बोल्नु पर्छ भन्ने, नडराउने मान्छे हो म। यस्ता सार्वजनिक विषयमा आम व्यक्तिहरूलाई सतर्क गराउनु हाम्रो कर्तव्य पनि हुन्छ।
रिसेप्सनमा एक जना बहिनी हुनुहुन्थ्यो। २ जना नर्स उभिइरहनुभएको थियो। त्यत्रो क्लिनिकमा बस्नु न के भएको छ पनि भनिएन। म्याम बच्चालाई केही भएको छैन आत्तिनु पर्दैन मात्रै भनिदिए पनि कत्ति राहत हुन्थ्यो।
उहाँहरूले त 'हैन म्याम रजिस्ट्रेसन नगरी भित्र छिर्न मिल्दैन, रजिस्ट्रेसन नगरी डाक्टर बोलाउन मिल्दैन' भन्नुभयो।
रजिस्ट्रेसनको कति हो भनेर सोधेँ। रजिस्ट्रेसन शुल्क ४,८०० र १,६०० डाक्टरको फी अलग्गै तिर्न भनियो। त्यति भनेपछि एकदमै मेरो दिमाग चड्केर आयो।
म उभिइरहेको छु ७–८ मिनेटसम्म। डाक्टरको मुख मात्रै देख्न पाए पनि म त्यो बेला निकै खुसी हुन्थेँ जस्तो अवस्था थियो। तर उहाँहरू खाली ४,८०० तिर्नुहोस्, डाक्टर फी १६०० तिर्नुस् अनि मात्रै बोलाउँछु भन्ने रटान मात्रै लगाइरहनुभएको थियो।
'कस्तो तपाईँहरूको तरिका हो ? मानवीयता भन्ने छैन ?' भनेँ।
बच्चा बोकेर आइरहेको छु।धेरै भीड हुने सरकारी अस्तपालमा जाँदा पनि 'बेड छैन। एकछिन कुर्नुस्। यहाँ बस्दै गर्नुहोस् पालो आएपछि बोलाउँछौँ' भन्छ नि। उहाँहरूको प्रेसर हामी बुझ्छौँ नि।
त्यो क्लिनिक त उहाँहरूको स्टाफबाहेक चरो, मुसो कोही थिएन।
मलाई व्यवहार एकदमै नराम्रो लागिरहेको थियो।
मैले स्टाफहरूलाई केही भन्न चाहिन। उहाँहरूलाई त 'विचरा' क्लिनिक सञ्चालकले जे अह्रायो त्यही गर्ने हो।
मेरो छोरालाई सधैँ हेरिरहने डाक्टर डा. विवेक हुनुहुन्छ। नक्सालमा उहाँको क्लिनिक छ। खासमा मैले पहिल्यै उहाँ लैजानुपर्थ्यो नजिक खोजेर त्यहाँ लैजाँदा दुःख पाएँ।
डाक्टर विवेकलाई फोन गरेँ– 'डाक्टरसाब तपाई कता हुनुहुन्छ। आज आभ्यानले टाउको ठोक्काएछ, छाला गएको छ, अलिअलि रगत बगेको छ, टुटुल्को छ' भनेर सुनाएँ। उहाँले क्लिनिकमै छु भन्नुभयो। 'बच्चाको टुटुल्को भए त हामीले इमर्जेन्सीमै 'कन्सिडर' गर्छौँ', भन्नुभयो।
त्यो बेलासम्म मेरो श्रीमान् पनि आइसक्नुभएको थियो। तुरुन्तै उता लग्यौँ। घाउ हेर्नुभयो। 'गहिरो घाउ केही छैन पारासिटामोल खान दिनुहोस्, दुखेको, सुन्निएको कम हुन्छ', भन्नुभयो। '७२ घण्टा याद गर्नुहोस्, बान्ता पनि गर्न सक्छ। खाना खाएन भने भन्नुहोस्', भन्नुभयो। त्यत्ति त हो हामीले खोजेको।
त्यत्रो ४,८०० लिने, डाक्टरको फी मात्रै १,६०० लिने प्राइभेट क्लिनिकमा त्यो अनुसारको व्यवहारमा पनि झल्किनु पर्यो नि त।
त्यहाँ म पहिला एक पटक गएको थिएँ। कोभिडको दोस्रो लहरको समयमा म गर्भवती थिएँ। अस्पताल जान निकै डरलाग्दो अवस्था थियो। धेरै जनाले ज्यान गुमाइरहनुभएको थियो। मलाई टिटानसको खोप लिनुपर्ने थियो।
एक पटक कोभिड भइरहेको थियो। फेरि होला भन्ने चिन्ता धेरै थियो।
कति जनाले 'क्लिनिकको फोटो नराखेको भए हुने' पनि भन्नुभयो। दुई जना नर्सहरू एप्रोन लगाएर, इस्टेथोस्कोप लिएर उभिइरहनुभएको थियो। उहाँहरूले आफ्नो पेसागत व्यवहार देखाउनु भएन। मैले उहाँहरूप्रति वा त्यहाँको कुनै कर्मचारीलाई औँला उठाएको छैन।
'जाउँ न त कोपिला क्लिनिक' भनेर हामी त्यहाँ गयौँ।एउटा टिटानस खोपको ४,८०० तिराउनुभयो। उहाँहरूले 'यो नेपाल सरकारले दिने भन्दा राम्रो अमेरिकन खोप हो', भन्नुभएको थियो। मलाई अमेरिकी खोप चाहिएको थिएन। सरकारले जुन दिइरहेको छ त्यही लगाउन भनेर गएकी थिएँ ।
त्यो बेला हामीलाई निकै जरुरी थियो। पैसाको के कुरा भयो र 'ठिकै छ' भनियो। पछि दोस्रो खोप पनि लगाउनुपर्छ भनेर म नर्भिकमा गएँ। त्यहाँ त ८० रूपैयाँमा पाइँदो रहेछ। सायद सरकारी अस्पतालमा त्योभन्दा अझ कम नै होला।
तर बच्चालाई लिएर जाँदा त्यो कुरा मेरो दिमागमै थिएन। बच्चा रोइरहेको थियो। उसकै मात्र पीर भयो।
त्यो क्लिनिकबाट अरू धेरै जना पीडित हुनुहुँदो रहेछ। मैले स्टाटस हालेपछि उहाँहरूले धेरैले आफू पनि ठगिएको भनेर अनुभव सेयर गर्नुभयो।
'तपाईँ जस्तो सेलिब्रेटीलाई त त्यस्तो छ भने हामीलाई कस्तो होला म्याम ?', भनिरहनुभएको छ।
जे पनि महंगो, बच्चाहरूलाई अनेकथरी औषधि दिने, मेनेन्जाइटिसको एउटा इन्जेक्सनको १४ हजार लिने। एकदमै डरलाग्दो कुराहरू पनि सुनाउनुभयो। कति जनाले त 'मेडिकल काउन्सिलमा उजुरी दिन्छु यो क्लिनिकविरुद्ध' भन्नुभएको छ। मैले लेखेपछि 'हिम्मत आयो' भनिरहनुभएको छ।
बिरामी जोसुकै भएर गएको भए पनि आत्तिइरहेको हुन्छ। पहिला त कसरी उसलाई सामान्य बनाउने भन्ने हुनुपर्यो नि। विदेशीसँग आफूलाई दाँज्दा उनीहरूले कस्तो व्यवहार गर्छन्। त्यो यहाँ सिक्नुपर्छ होइन र ?
विदेशमा मैले अनुभव गरेकी छु। बिरामी पुग्नेवित्तिकै परामर्श गरेर उसलाई सान्त्वना दिने, तनाव कम गर्न सहयोग गर्ने हुन्छ।
मैले मेडिकलको तवरबाट होइन एउटा आमा भएको नाताले 'कम्प्लेन' गरेको हो। बच्चाको आमा हो। उसको टाउको नै ठोक्किनु पर्दैन उसले 'च्याँ' गरेर रोएपनि म आत्तिन्छु। म सेलिब्रिटी हुँ मेरो एकदमै विशेष उपचार गर्नुपर्छ भन्ने मेरो कुनै माग पनि होइन।
त्यो क्लिनिकसँग मेरो कुनै व्यक्तिगत रिसइबी पनि छैन।कति जनाले क्लिनिकको 'फोटो नराखेको भए हुने' पनि भन्नुभयो।
अति अत्याचार नै भयो। एक पटक सहेपछि सधैँ यस्तै भइरहन्छ भनेर पनि मैले सेयर गरेको हो। नचाहिने कुरामा बोल्नु पर्छ भन्ने, नडराउने मान्छे हो म। यस्ता सार्वजनिक विषयमा आम व्यक्तिहरूलाई सतर्क गराउनु हाम्रो कर्तव्य पनि हुन्छ।
कति जनाले 'क्लिनिकको फोटो नराखेको भए हुने' पनि भन्नुभयो। दुई जना नर्सहरू एप्रोन लगाएर, इस्टेथोस्कोप लिएर उभिइरहनुभएको थियो। उहाँहरूले आफ्नो पेसागत व्यवहार देखाउनु भएन। मैले उहाँहरूप्रति वा त्यहाँको कुनै कर्मचारीलाई औँला उठाएको छैन।
नोट : (हेल्थपाटीका लागि जगन्नाथ ढकालले अभिनेत्री ऋचा शर्मासँग गर्नुभएको टेलिफोन कुराकानीमा आधारित)
तपाईँको अभिमत