बागमती प्रदेशको स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्का
अ +
अ -
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्का नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्रालयको सिफारिसमा सामान्य प्रशासन मन्त्रालयले खड्कालाई सचिवको जिम्मेवारी तोकेको हो ।
आफुले जिम्मेवारी पत्र वुझेर आजै कार्यभार सम्हाल्न हेटौडा तर्फ जाँदै गरेको बताउनुभयो । उहाँ स्वास्थ्य समूह तर्फका ११ औं तहका कर्मचारी हुनुहन्छ । यसअघि उहाँले जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखका साथै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रको निर्देशकको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत