पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि नयाँदिल्ली लगिँदै
अ +
अ -
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि आज नयाँदिल्ली लगिंदै छ ।
खनालको सचिवालयका अनुसार आज दिउँसो उहाँलाई उपचार दिल्लीको एपोलो अस्पतालमा लग्न लागिएको हो । ।
ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उहाँलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत