अमेरिकाले कोभिडविरुद्धको ५० करोड डोज खोप विश्वका एक सय देशमा वितरण गर्ने
अ +
अ -
काठमाडौं । अमेरिकाले फाइजरले बनाएको कोभिड १९ विरुद्धको ५० करोड डोज खोप विश्वका एक सय देशमामा वितरण गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आज घोषणा गर्न सक्ने जनाइएको छ ।
अमेरिकाले सय मुलुकमा ५० करोड डोज खोप वितरणको लागि फाइजरसँग सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकाको योजनामा २० करोड डोज खोप २०२१ मा वितरण गरिनेछ भने बाँकी ३० करोड डोज खोप २०२२ को शुरुका महिनाभित्र वितरण हुनेछ ।
विश्वभर समान रुपमा खोप वितरणको लागि अघि सारिएको कोभ्याक्स कार्यक्रममार्फत निम्न तथा कम आय आएका मुलुकमा जानेछ । साथै अफ्रिकन युनियनलाई पनि केही खोप प्रदान गरिने जनाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत