कोरोना खोप नलगाएका कर्मचारीलाई छुट्टी दिने
अ +
अ -
संखुवासभामा एकै परिवारका ६ जनाको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको एक राज्यको कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन प्रेरित गर्ने नयाँ नियम ल्याएको छ ।
पञ्जाब राज्यको सरकारले कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टीमा पठाउने भएको छ । शुक्रबार बसेको कोभिड समीक्षा बैठकमा मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले एक मात्रा पनि खोप नलगाएका कर्मचारीलाई कार्यलयमा उपस्थित हुने नदिने निर्णय गरेका हुन् ।
कर्मचारीहरुलाई खोप लगाउनका लागि अन्तिम मिति सेप्टेम्बर १५ तोकिएको छ । स्वास्थ्य अवस्था लगायतका बाध्यकारी कारणले खोप लगाउन नपाएकालाई भने यो नियममा छुट दिइएको छ ।
संक्रमणको जोखिम घटाउनका लागि यस्तो नियम ल्याएको मुख्यमन्त्री सिंहले जाबताएका छन् ।
तपाईँको अभिमत