आज दिउँसो यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मंगलबार (आज) दिउँसो चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी आज देशभर साधारणतया बदली रहने महाशाखाको भनाइ छ ।
दिउँसो वागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको महाशाखाले जनाएको छ ।
तपाईँको अभिमत