स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको नवौ राष्ट्रिय शिखर सम्मेलन चैत २८ र २९ गते
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौ राष्ट्रिय शिखर सम्मेलन चैत २८ र २९ गते काठमाडौँमा हुने भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ तय गरिएको छ ।
सम्मेलनमा परिषद्का सदस्य- सचिव डा. प्रदीप ज्ञवालीले राज्यको स्वास्थ्य नीति तथा योजनाका लागि सहयोग गर्न तथा सुझाव दिनका लागि हरेक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले सम्मेलनमा १५० वटा कार्यपत्र प्रस्तुतिकरण हुने जानकारी दिनुभयो । साथै, एक दर्जन बढी व्यक्तित्वलाई आमन्त्रित विज्ञको रुपमा प्रस्तुतिका लागि निमन्त्रणा गरिएको जनाएको छ । परिषद्का अनुसार सम्मेलनमा २ वटा प्लेनरी सेसन र ९ वटा प्यारालाल सेसन रहने छ ।
सम्मेलनका लागि जनस्वास्थ्यसँग सम्बन्धित २०१ वटा अनुसन्धानका एब्स्ट्राक प्राप्त भएको र त्यसमध्ये १३७ वटा मौखिक र ६४ वटा पोस्टर प्रस्तुति रहने जानकारी दिनुभयो ।
जैविक आयुर्वेद तथा परम्परागत चिकित्सा र ट्रान्सलेशन रिसर्च, वातावरणीय स्वास्थ्य तथा जलवायु परिवर्तन, स्वास्थ्य प्रणाली तथा नीति, अनुसन्धानका लागि समन्वय तथा साझेदारी, जनस्वास्थ्य (जनसंख्या), आकस्मिक जनस्वास्थ्य र क्लिनकल रिसर्च एण्ड बायोइथिक्स विधामा प्रस्तुतीकारण हुनेछ ।
सम्मेलनमा उत्कृष्ठ प्रस्तुतिकरण गर्नेमध्येबाट एक एक जनालाई अवार्ड वितरण गरिने छ । स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा अनुसन्धानकर्ता पुरस्कार, स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगिसकेको एक जना अनुसन्धानकर्तालाई लाइफटाइम एचिभमेन्ट पुरस्कारबाट सम्मान गरिने छ ।
साथै वर्ष भरि उत्कृष्ठ काम गर्ने एक जना स्थायी कर्मचारीलाई बेष्ट परफरमेन्स अवार्ड पनि प्रदान गरिने छ । सम्मेलनबाट स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न, असल अनुशासन संस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजालाई स्वास्थ्य क्षेत्रको योजना नीति तथा कार्यक्रममा सूचित निर्णय गर्न पैरवी गर्ने विश्वास परिषद्ले लिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत