अब सबै गर्भवती महिलालाई कोभिड खोप दिइने
अ +
अ -
यसअघि उच्च जोखिममा रहेका गर्भवती महिलालाई मात्रै कोरोना विरुद्धको खोप दिइरहेको सरकारले अब सबै गर्भवती महिलालाई उक्त खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती भएको ३ महिनापछि उक्त खोप लगाउन सकिने जनाएको छ ।
खोप लगाउन सम्बन्धित स्वास्थ्य कार्यालय, आफू बसोबास गरिरहेको स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ । चैत मसान्तसम्म खोप लगाउन मिल्ने सबैलाई खोप लगाउने लक्ष्य सरकारको छ ।
हेल्थपाटी
तपाईँको अभिमत