विमानस्थलमा रहेका पीसीआर ल्याब दर्ता गर्न आव्हान, नगरे मान्यता नहुने
अ +
अ -
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विमानस्थलमा रहेका सबै पीसीआर ल्याब दर्ता गर्न अनुरोध गरेको छ ।
प्रयोगशालाले १० गतेभित्र सबै ल्याबलाई दर्ता गर्न अनुरोध गर्दै यदि नगरे त्यस्ता ल्याबबाट परीक्षण भएका रिपोर्ट मान्य नहुने प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो ।
विदेश जाने यात्रुहरुका सहजताका लागि स्वास्थ्य मन्त्रालयबाट पुस २५ गतेको सचिवस्तरीय निर्णय अनुसार मोलिक्युर परीक्षण गर्ने प्रयोगशाला संचालन सम्बन्धि कार्यविधि २०७८ बमोजिम दर्ता गर्न भनिएको प्रयोगशालाले जनाएको छ ।
विमानस्थलमा रहेका ल्याबहरु पर्यटन मन्त्रालयले हेर्दै आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत