डेंगी संक्रमित एक जनाको मृत्यु, देशभर २३६५ मा पुष्टि
अ +
अ -
देशमा यो वर्ष डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसीडी)ले सोमबार दिएको अपडेट अनुसार डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
इडीसीडीका अनुसार मृत्यु हुनेलाई डेंगीका साथै अन्य रोग पनि रहेको थियो ।
गत जनवरी यता ५ अगष्टसम्म देशमा २३६५ जनामा डेंगी संक्रमण देखिएको इडीसीडीले जनाएको छ । ७३ जिल्लामा संक्रमण पुष्टिठ भइसकेको छ ।
सबैभन्दा बढी काठमाडौंमा २८७ जनामा डेंगी पुष्टि भएको छ । कास्कीमा १३७ र झापामा १३३ जनामा देखिएको इडीसीडीले जनाएको छ।
तपाईँको अभिमत