स्वीजरल्याण्डबाट स्वास्थ्य सामग्री आईपुग्याे, अमेरिका र सिगापुरबाट आउंदै
काठमाडौं । स्वीजरल्यान्ड सरकारले पठाएको स्वास्थ्य सामग्री शनिबार विहान काठमाडौं आईपुगको छ ।
आज आएको स्वास्थ्य सामग्रीमा १० थान अक्सिजन कन्सनटेटर, ११ लाख थान एन्टीजेन टेष्ट किट, ४० थान भेन्टिलेटर तथा अन्य स्वास्थ्य उपकरणसहितको ३० टन स्वास्थ्यसामग्री स्वीस एयरको कार्गो विमान मार्फत आएको नेपालस्थित स्वीस दुतावासले जनाएको छ ।
सिंगापुरबाट पनि आजै चार्टर विमानले स्वास्थ्यसामग्री ल्याउँदैछ । तेमासेक फाउन्डेशन, मिरिक्सेस प्रालि सिंगापुर र लोटसलाईफ फाउन्डेशन सिंगापुरको सहयोगमा कार्गो जहाजमार्फत सामग्री आउने भएको हो ।
सिंगापुरबाट १ लाख २३ हजार पीसीआर किट, ५० युनिट बाई प्याप, ४ हजार थान पल्स अक्सिमिटर , २ लाख ५५ हजार स्वाब किट, २५६० थान, आरएन एक्सटयाक्सन किट २ थान आरएन एक्सटयाक्सन मेसिन, टेलि भेन्टिलेटर ३० वटा, भेन्टिलेटर ६ वटा आउन लागेको बताइएको छ ।
आजै अमेरिका र सिगापुरबाट स्वास्थ्य सामग्री बोकेका अरु दुईवटा कार्गो विमान काठमाडौं आउनेछ । अमेरिकाले १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सहयोग दिएको जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत