दक्षिण कोरियाका राष्ट्रपति मुनले लगाउनुभयाे कोरोना खोप
अ +
अ -
सिओल । दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले मंगलबार कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । उहाँले एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउनुभएको हो ।
मुनले सामुदायिक अस्पतालमा गएर खोपको पहिलो डोज लगाउनु भएको रोयटर्सले जनाएको छ । दक्षिण कोरियामा मंगलबारदेखि करिब ३ लाख स्वास्थ्यकर्मी, नर्स तथा ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने अभियान सुरु गरेको छ ।
हाल एस्ट्राजेनेकाले उत्पादन गरेको खोपमाथि कतिपय मुलुकले प्रतिबन्ध लगाएका छन् । रगत जम्ने समस्या देखिएको भन्दै ती मुलुकले अस्थायी प्रतिबन्ध लगाएका हुन् । तर कम्पनी, विश्व स्वास्थ्य संगठन, इयुको स्वास्थ्य विभागले भने त्यस्तो कुनै पनि प्रमाण फेला नपरेको बताउँदै आएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत