नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि बेलायतबाट नेपाल आउन रोक
अ +
अ -
काठमाडौं । नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि बेलायतबाट नेपाल आउन रोक लगाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना निकालेर भोलि राती १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि बेलायतबाट नेपाल आउन रोक लगाएको हो ।
केही दिनयता बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि यूरोपियन देश लगायत अन्य धेरै देशले बेलायतबाट हुने उडान रद्द गरिसकेका छन् ।
नयाँ प्रकारको भाइरस देखिएपछि अन्तराष्ट्रिय जगत्मा नै चिन्ता बढ्न थालेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत